जनार्दन शर्मा अर्थमन्त्रीबाट हट्नु पर्ने एमालेको ‘बटमलाइन’

जनार्दन शर्मा अर्थमन्त्रीबाट हट्नु पर्ने एमालेको ‘बटमलाइन’


ग्लोब नेपाल
135
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा दल (एमाले) ले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मा पदबाट हट्नुपर्ने अडान राखेको छ।

शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने कुरामा सत्ता पक्ष तयार भए पनि आफूहरूको अडान शर्मा पदबाट हट्नुपर्ने रहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘उहाँहरू छानबिन समिति बनाउन तयार हुनुभएको छ तर हाम्रो सर्त उहाँको बर्खास्ती र संसदीय छानबिन हो,’ भट्टराईले भने ।

प्रमुख सचेतक भट्टराईले आफूहरूको माग सम्बोधन नहुँदासम्म विरोध जारी रहने पनि बताए । उनले भने, ‘शर्मा अर्थमन्त्री रहिरहने हो भने हाम्रो विरोध जारी रहन्छ।’

यसअघि आजै बिहान माओवादीले शर्माबारे प्रमुख प्रतिपक्षी एमालेसँग कुराकानी गर्ने निर्णय गरेको थियो। भट्टराईले एमाले र माओवादीबीच अहिलेसम्म कुरा नभएको बताए।