बढ्यो हवाई भाडा, अब कुन ठाउँको कति ? (सूचीसहित)

बढ्यो हवाई भाडा, अब कुन ठाउँको कति ? (सूचीसहित)


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि वृद्धि भएको छ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ । भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । नयाँ भाडा दर अनुसार काठमाडौंबाट माउन्टेनको भाडा १७० रुपैयाँले वृद्धि भई १४ हजार ८९२ रुपैयाँ पुगेको छ । यसभन्दा अघि १४ हजार ७२० रुपैयाँ भाडा थियो ।

काठमाडौंबाट भद्रपुरको भाडा १५० रुपैयाँले भाडा वृद्धि भएर १२ हजार ९५५ रुपैयाँ पुगेको छ । त्यस्तै, काठमाडौंबाट विराटनगरको भाडा प्रतिव्यक्ति १२५ रुपैयाँले वृद्धि भएर १० हजार २०२ रुपैयाँ, काठमाडौंबाट जनकपुरको हवाई भाडा ६५ रुपैयाँले वृद्धि भएर ५ हजार ८६० रुपैयाँ, काठमाडौंबाट भरतपुरको ५५ रुपैयाँले भाडावृद्धि भएर ४ हजार ९९० रुपैयाँ, काठमाडौंबाट पोखराको ८० रुपैयाँले भाडा वृद्धि भएर ६ हजार ९८५ रुपैयाँ नयाँ भाडा तोकिएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ ।

हेर्नुहोस् कुन ठाउँको कति नयाँ भाडा ?