अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।

बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं मातहत राखेको जानकारी दिएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का माननीय अर्थ मन्त्री श्री जनार्दन शर्माले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा अर्थ मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए ।