जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालय फर्किए अर्थसचिव मरासिनी

जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालय फर्किए अर्थसचिव मरासिनी


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्किएका छन्।

सचिव मरासिनीको सचिवालय स्रोतका अनुसार उनी बिहीबार मन्त्रालय आइपुगेर काम सम्हालेका हुन्। सचिवालयका एकजना सदस्यका अनुसार उनी बिहिबार पौने २ बजे मन्त्रालय आइपुगेको हुन् ।

निर्वतमान मन्त्री शर्मा गम्भीर विवादमा परेपछि मरासिनीले स्वास्थ्य समस्या देखाउँदै मंगलबार दुई दिन बिदामा बस्ने औपचारिक जानकारी गराएका थिए। तर उनी एक दिन मात्रै बिदा बसेर मन्त्रालयमा हाजिर भएका हुन्।

निर्वतमान अर्थमन्त्री शर्मा विवादमा परेपछि अर्थसचिव मरासिनी प्रधानमन्त्री निवास बालुवाटार पुगेर बिदामा बस्ने जानकारी गराएका थिए।

निर्वतमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति नै बनेको छ । समितिलाई १० दिन समयावधि दिइएको छ।