माओवादीले पदाधिकारी चयन गर्न सकेन, प्रचण्डले मागे थप समय

माओवादीले पदाधिकारी चयन गर्न सकेन, प्रचण्डले मागे थप समय


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले छिट्टै पदाधिकारीको टुंगो लगाउने जनाएको छ ।

प्रज्ञा प्रतिष्ठान, कमलादीमा जारी बिहीबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै पदाधिकारी पनि टुंग्याउने जानकारी दिएका हुन् । प्रचण्डले पदाधिकारी चयन गर्न गहृकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यहरुसँग समय पनि मागेका छन् । केन्द्रीय समितिको बैठकमा प्रचण्डले भने, ‘अलिकति गृहकार्य पुगेको छैन । सबैको अनुहार उज्यालो बनाउन २/४ दिन दिनसु् ।’

केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी कमिटी टुंगो लगाएको भन्दै उनले पदाधिकारीमा पनि ठूलो समस्या नरहेको बताए । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको भन्दै उनले भने, ‘महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको छु । म पढ्न सक्छु, प्लिज पढ्न नलगाउनुस् । २/४ दिन दिनुस्, सबैलाई खुसी बनाउने गरी टुंगो लगाउँछु ।’

माओवादी केन्द्रीय समिति बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो भने गठन गरिसकेको छ। माओवादीको स्थायी कमिटी ४१ र पोलिटब्युरो १५६ सदस्यीय बनेको छ।