बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सुरू

बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सुरू


ग्लोब नेपाल
81
Shares

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ।

बिहान सर्वदलीय बैठकपश्चात वडा नम्बर ५ मा रहेको भानोदय माविमा गणना थालिएको हो। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए।

करिब १३ हजार मतदाता रहेको बुढीगंगामा बिहीबार सम्पन्न निर्वाचनमा ९ हजार १२८ मत खसेको छ। मतगणना वडा नम्बर १ र १० बाट सुरु गरिएको छ। गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा पुनः मतदान गराएको हो।