उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश साह बर्खास्त

उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश साह बर्खास्त


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गरेको छ ।

न्याय परिषद्को शुक्रबारको बैठकले न्यायाधीश साहको योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार २०७५ सालमा उच्च अदालतमा नियुक्त भएकी साहले निरन्तर वकालत गरेको समयावधी १० वर्ष नपुगेको भन्दै न्याय परिषद्को बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

२०७५ चैतमा न्यायाधीश नियुक्त भएकी साह पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी समेत हुन् । उच्च अदालतमा नियुक्त हुन १० वर्ष निरन्तर कानुन व्यवसायमा रहेको हुनुपर्ने प्रावधान भए पनि सीटीईभीटीमा कार्यरत साहलाई न्यायाधीश बनाइएको थियो । उनको योग्यतामाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्यता ठहर गरेको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको न्यायपरिषद्‌को बैठकले सिफारिश गरेकै दिन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले साहलाई बर्खास्त गरेका हुन् ।