संवैधानिक परिषद्सम्बन्धी विधेयक तुरून्त फिर्ता लिनुपर्छ: शेखर कोइराला

संवैधानिक परिषद्सम्बन्धी विधेयक तुरून्त फिर्ता लिनुपर्छ: शेखर कोइराला


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेपालीका कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले संसदमा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक तुरून्त फिर्ता लिनुपर्ने बताएका छन्।

सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्नुअघि पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले संसदमा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिनुपर्ने बताए ।

उनले अहिलेको विधेयकमा भएका प्रावधान गलत भएकाले त्यो अघि बढाउन नसकिने पनि बताए । ‘ओली सरकारले ल्याएको अध्यादेशको पनि हामीले विरोध गरेको हो। अहिले आएको विधेयक पनि अघि बढाउन सकिने खालको छैन,’ कोइरालाले भने, ‘यो तुरून्त फिर्ता लैजानुपर्छ।’

यसअघि आजै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका थिए ।