एकैदिन देशभर थपिए १७७ कोरोना संक्रमित

एकैदिन देशभर थपिए १७७ कोरोना संक्रमित


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । तीनहजार १२६ वटा नमुना परीक्षण गर्दा एकैदिन १७७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । आज ६४ हजार ९०७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।