विश्वकप लिग टू मा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

विश्वकप लिग टू मा नेपालले आज स्कटल्याण्डसँग खेल्दै


ग्लोब नेपाल
27
Shares

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । आज स्कटल्याण्डलाई हराउँदै नेपाल श्रृङ्खलामा पहिलो जित निकाल्न चाहन्छ ।

तर, बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज भने हुने छैन । नेपाल १७ खेलमा १५ अंक जोडेर लिग टू को अङ्क तालिकामा छैटौं स्थानमा छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा छ ।