एकैदिन २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि


ग्लोब नेपाल
54
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ६ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २ सय ६ पुगेको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।