उपसभामुखमा एमालेबाट विद्या भट्टराईले पनि दर्ता गराइन् उम्मेदवारी

उपसभामुखमा एमालेबाट विद्या भट्टराईले पनि दर्ता गराइन् उम्मेदवारी


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् । यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने बताएपनि अन्तिममा एमालेले आफ्नै उम्मेदवार उठाएको हो ।

अन्तिम अवस्थामा लोसपा पनि गठबन्धनमा उभिने भएपछि एमालेले आफ्नै उम्मेदवार तयार पारेको बताएको छ । उनले संसद भवन पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । सांसद भट्टराई कास्कीबाट निर्वाचित हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराइसकेकी छन् ।

प्रतिनिधि सभाको उपसभामुखका लागि शुक्रवार दिउसो ३ बजे मतदान हुने कार्यातालिका रहेको छ ।