एमालेको स्पष्टीकरणः ‘एम‍. अधिकारी’ गभर्नर होइनन् (पत्रसहित)

एमालेको स्पष्टीकरणः ‘एम‍. अधिकारी’ गभर्नर होइनन् (पत्रसहित)


ग्लोब नेपाल
3.3k
Shares

काठमाडौं। प्रमुख विपक्षी दल नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम. अधिकारी नेपाल राष्ट्र बैंकका गर्भनर नरहेको स्पष्टीकरण दिएको छ ।

एम अधिकारी राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नै भएको दावि गर्दै सामाजिक सञ्जालदेखि सदनसम्म आलोचना भइरहेका बेला एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम. अधिकारी गर्भनर नरहेको स्पष्टीकरण दिएको हो ।

यता, आफ्नो नाम जोडेर प्रचार भइरहेको भन्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् ।

हेर्नुहोस् पत्र:

उक्त पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम. अधिकारी गर्भनर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको बताएका छन् ।

हेर्नुहोस् पत्र:

सात वर्ष अघि पनि अधिकारी र एमाले पत्राचार:

पार्टीको सदस्यता रहे नरहेकोबारे करिब सात वर्षअघि पनि एमाले र गभर्नर अधिकारीबीच पत्राचार भएको थियो । २०७३ जेठ २५ मा भएको पत्राचारमा गभर्नर अधिकारीले एमालेको अर्थ तथा योजना विभागमा आफूसँग मिल्दोजुल्दो नाम गरेको व्यक्ति विभागको सदस्य भएकाले कथं कदाचित उक्त नाम आफ्नो भए हटाइदिन भन्दै एमालेलाई पत्राचार गरेका थिए ।

उक्त पत्र अनुसार अधिकारीले ‘उक्त नाम मसँग सम्बन्धित रहेको भए म कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र हाल त्यस्तो सदस्यता लिने मनसाय नरहेकोले उक्त नाम हटाइदिन अनुरोध गर्दछु’ भनेका छन् ।

अधिकारीले पठाएको उक्त पत्रको २०७३ असार २० मा एमाले तत्कालिन कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जवाफ दिँदै महाप्रसाद अधिकारीको विभागसँग सम्बन्ध नरहेको उल्लेख गरेका छन् ।

यो पनिः एमालेको दस्तावेज भन्छः एम अधिकारी, महाप्रसाद अधिकारी नै हुन् (प्रमाणसहित)