अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य प्रतिब्यारेल १ सय डलरभन्दा तल झर्‍यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य प्रतिब्यारेल १ सय डलरभन्दा तल झर्‍यो


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा करिब ५ महिनापछि कच्चा तेलको मुल्य प्रतिब्यारेल १ सय डलरभन्दा तल झरेको छ ।

गत फेब्रुअरी अन्तिमदेखि उच्च दरले बढेको कच्चा तेलको भाउ केही दिनयता घट्न थालेको हो । बिहीबार (साढे १ बजे) ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ९९.३२ डलरमा झरेको छ । त्यस्तै सो समयमा डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ९५.८७ डलरमा झरेको छ । एक महिनाअघि यी कच्चा तेलको भाउ १२० डलरभन्दा माथि थियो ।

मागमा सुस्तता आएसँगै भाउ घट्न थालेको हो । कच्चा तेलको भाउ अझै घट्ने अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले देखाएको छ । सो रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने चेतावनी दिएको छ । जसले गर्दा यतिबेला विश्व तेल बजारमा तरंग पैदा गरेको छ ।

कच्चा तेलको मूल्य घट्दा नेपाललाई समेत प्रत्येक्ष लाभ मिल्नेछ । यूरोपियन मुलुकहरुले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि फेब्रुअरीदेखि तेलको मूल्य बढेको थियो ।