गभर्नरलाई प्रधानमन्त्रीले भने: अहिलेको आर्थिक अवस्था सुध्रिने मौद्रिक नीति ल्याउनुस्

गभर्नरलाई प्रधानमन्त्रीले भने: अहिलेको आर्थिक अवस्था सुध्रिने मौद्रिक नीति ल्याउनुस्


ग्लोब नेपाल
702
Shares

काठमाडौँ । अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आसन्न मौद्रिक नीतिको विषयमा ब्रिफिङ गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री देउवाले अहिलेको देशको आर्थिक अवस्था सुध्रिने खालको नीति ल्याउन गभर्नर अधिकारीलाई निर्देशन दिएको उक्त ब्रिफिङमा सहभागि एक मन्त्रीले जानकारी दिए । ‘गभर्नर अधिकारीले मौद्रिक नीतिको विषयमा ब्रिफिङ गरेका थिए,’ ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले कहिले मौद्रिक नीति ल्याउनुहुन्छ ? भन्ने मात्रै प्रश्न गर्नु भयो ।’

जवाफमा गभर्नर अधिकारीले आउँदो साता मौद्रिक नीति ल्याउने बताएका थिए । गभर्नरको जवाफपछि प्रधानमन्त्री देउवाले त्यसमा अहिलेको अवस्था सुधार गर्ने खालको नीति ल्याउन निर्देशन दिएको ती मन्त्रीले जानकारी दिए ।

अहिले गभर्नर अधिकारीमाथी एमालेको एक विभागमा नाम राखिएको विषय चर्चामा छ । प्रधानमन्त्री र मन्त्रीहरुले गभर्नर अधिकारीलाई त्यस विषयमा कुनै प्रश्न नगरेकाे ती मन्त्रीले बताए ।

ब्रिफिङमा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उद्योग वाणिज्य तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू र अर्थसचिव मधु मरासिनी लगाएत सहभागि थिए ।