हुबहु प्रश्नपत्र बनाउनेलाई ३ वर्षसम्म त्रिविका क्याम्पसमा पढाउन नपाउने गरी कारबाही

हुबहु प्रश्नपत्र बनाउनेलाई ३ वर्षसम्म त्रिविका क्याम्पसमा पढाउन नपाउने गरी कारबाही


ग्लोब नेपाल
648
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको छ ।

रजिष्ट्रारको कार्यलय सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति निकाल्दै विश्वविद्यालयमा ती दुवै प्रश्नपत्र निर्माणमा सहभागी शिक्षकहरुलाई ३ वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी नगराउने निर्णय गरेको हो ।

उनीहरुलाई ३ वर्षसम्म डीन कार्यलयको परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनै पनि परीक्षासँग सम्बन्धित कार्यमा संलग्न नगराउने तथा त्रिवि अन्र्तगतका कुनै पनि आंगिक क्याम्पसहरुमा प्राध्यापन कार्यमा समेत संलग्न नगराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

बीबीए छैटौं सेमेष्टर अन्र्तगत असार २२ गते भएको ‘एमजीटी २०३ अर्गनाईजेशनल बिहेभियर’ अन्र्तगतको परीक्षामा नीजि कलेज ‘मोडर्न नेपाल कलेज’ को हुबहु प्रश्न र बीबीए छैटौं सेमेष्टर अन्र्तगत ‘एसओसी २०२ः नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्रमा पाँचौ सेमेष्टरको ‘एसओसी २०१ः सोसियोलोजी फर बिजनेस’ को हुबहु प्रश्न सोधिएको थियो ।

अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिएको विषयहरुको लागि भने परीक्षा सम्बन्धी निर्देशिकामा समेत स्पष्टता नभएकोले यसपटकलाई प्रश्नपत्र निर्माण कार्यमा संलग्न विज्ञहरुलाई समेत गराउने निर्णय भएको उल्लेख छ ।