संसदबाटै एमालेले माग्यो लेखा समितिको सभापति

संसदबाटै एमालेले माग्यो लेखा समितिको सभापति


ग्लोब नेपाल
81
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठकबाटै सार्वजनिक लेखा समितिको सभापति पदमा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सांसद रहेको भनी प्रश्न उठाएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्रप्रसाद गौत्तमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको भापति कांग्रेसले नछाडेको भनी प्रश्न गरे ।

मुलुकमा भ्रष्टाचार, अनियमितता हुँदा पनि समितिमा छलफल हुन नसकेको भन्दै गौतमले सभापतिले सरकारको इशारामा काम गरिरहेको बताए । एमालेले लेखा समितिको सभापतिको विषयलाई लिएर सभामुख र राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराएको विषय पनि उनले उल्लेख गरेका थिए । खर्च पनि सरकारले नै गर्ने र परीक्षण पनि उसले नै गर्ने कस्तो प्रणाली हो भनेर उनले प्रश्न गरेका थिए ।

सांसद गौतमले लेखा समितिको नेतृत्वबारे सभामुखको राय के हो भनेर पनि प्रश्न गरेका थिए । ‘यसमा सभामुखको के राय हो ? सदनले जानकारी पाउनुपर्‍यो । यसबारेमा रुलिङ गरेर यथोचित निकास दिनुपर्छ’, उनले भने ।

एमालेको धारणा सुनेपछि सभामुख सापकोटाले लेखा समितिको सभापतिको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।