हतियार किन्ने सरकारको कुनै योजना छैन: प्रधानमन्त्री देउवा

हतियार किन्ने सरकारको कुनै योजना छैन: प्रधानमन्त्री देउवा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीलाई हतियार किन्ने सरकारको कुनै योजना नरहेको प्रष्ट पारेका छन् ।

पार्टी कार्यालय सानेपा जारी केन्द्रीय कार्य समिति बैठकमा कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले उठाएको प्रश्नको तत्काल जवाफ दिँदै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सरकारको हतियार किन्ने कुनै योजना नरहेको बताए । बैठकमा देउवाले भने, ‘हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु।’

देउवाअघि बैठकमा बोलेका नेता श्रेष्ठले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन लागेको हो भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले उक्त जवाफ दिएको एक नेताले जानकारी दिए ।

प्रहरीलाई हतियार केन्द्रीय सरकारबाहेक प्रदेश सरकारले किन्न पाउँने संवैधानिक व्यवस्था छैन । हतियार खरिदका लागि ८४ करोड रूपैयाँ रकमान्तर भइसकेको छ ।