सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद ३ महिना थप्ने सरकारको निर्णय

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद ३ महिना थप्ने सरकारको निर्णय


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ ।

शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै आयोगको म्याद थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

दुवै आयोगको पछिल्लोपटक थपिएको म्याद यही असार मसान्तमा सकिँदै छ । शुक्रबार नै मन्त्रिपरिषद् बैठकअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्‍याउने सहमति भएको थियो ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐनहरु संशोधन गर्ने र त्यहीअनुसार आयोगहरुको संरचना तय गरी न्यायिक निरुपण गर्ने सहमति भएको हो ।