प्रतिनिधि सभाको दोस्रो बैठक जारी, उप-सभामुख चयन गरिँदै

प्रतिनिधि सभाको दोस्रो बैठक जारी, उप-सभामुख चयन गरिँदै


ग्लोब नेपाल
243
Shares

काठमाडौं । प्रतिनिधि सभामा रिक्त रहेको उपसभामुख पदको निर्वाचन हुँदैछ। उप-सभामुख छान्न अहिले संसद बैठक बसिरहेको छ।

गठबन्धनका तर्फबाट उप-सभामुख उम्मेदवार पुष्पा भुसाल गौतमको नाम प्रस्ताव गरिएको छ। माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले गौतमको नाम प्रस्ताव गरेका हुन् । एमालेबाट विद्या भट्टराई उप-सभामुखको उम्मेदवार बनेकी छन्। भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले राखिरहेकी छन् ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन्। यस्तै एमालेको पक्षमा ९८ जना सांसद रहेका छन्।

उप-सभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ। अर्थात हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ।