काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त महानिरीक्षक (एआईजी)मा अवकाश हुन ६ दिन बाँकी रहेका कुलदेव थापालाई बढुवा गरेको छ ।
थापा हाल गुप्तचरका लागि गण्डकी प्रदेश प्रमुखका रुपमा कार्यरत थिए । गुप्तचर विभागमा अतिरिक्त मुख्य अनुसन्धान अधिकृतका रुपमा रहेको उक्त दरबन्दीमा डीआईजीको दोस्रो वरियताका थापालाई बढुवा गरिएको हो ।
थापाले ५८ वर्षे उमेर हदका कारण साउन ४ गते अवकाश पाउँदैछन् । रिक्त रहेको अतिरिक्त मुख्य अनुसन्धान अधिकृतमा हुतराज थापा, ओम जोशी, सुनिल ढकाल, हरिहर पौडेललगायतले दाबी गरिरहेका थिए ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले आगामी भदौ २३ गतेबाट अवकाश पाउँदैछन् ।
प्रतिक्रिया