कक्षा १२ को नतिजा भदौभित्र सार्वजनिक गर्ने बार्डको तयारी

कक्षा १२ को नतिजा भदौभित्र सार्वजनिक गर्ने बार्डको तयारी


ग्लोब नेपाल
540
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौभित्र सार्वजनिक गर्ने तयारी गरेका छ । हाल कक्षा १२ को उत्तरपुस्तिका धमाधम जाँच भइरहेको बोर्डको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षा भएको तीन महिनाभित्र निकाल्नुपर्ने भएकाले नियमानुसार नै नतिजा सार्वजनिक गर्ने बताए । ‘म आएदेखि समयभित्रै नतिजा सार्वजनिक गर्दै आएको छु’, उनले भने, ‘यो वर्ष पनि हुन्छ । त्यसरी हेर्दा भदौ कट्दैन ।’ परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण केन्द्रमा जम्मा गरेर परीक्षण थालिएको उनको भनाई छ ।

कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।