गभर्नरलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई वाईसीएलको ज्ञापनपत्र

गभर्नरलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई वाईसीएलको ज्ञापनपत्र


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठनका रुपमा रहेको वाईसीएलले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै वाईसीएलले राजनैतिक दलको सदस्यता, जिम्मेवारीमा रहि साथै शैक्षिक योग्यता समेत नपुगेका राष्ट्र बैंकका गभर्नरअधिकारीलाई तुरुन्त बर्खास्त गरी छानबीन गर्न माग गरेको हो । वाईसीएलले ज्ञापनपत्र बुझाउँदै आर्थिक संकट र विदेशी मुद्रा संचिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोकिन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै वाईसीएलले संवैधानिक परिषद सम्बन्धि विधेयक तुरुन्त फिर्ता लिन,सरकारले विपद व्यवस्थापन तथा आकस्मिक उद्धार साथै युवाहरुको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्न समेत माग गरेको छ ।

किसानलाई समयमै मल बिउको उपलब्ध गरान, विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था गर्नर सामाजिक विकृति विसंगती तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकुल परिमार्जन गरि तुरुन्त नियन्त्रण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।