नामिबियाविरुद्ध बलिङमा नेपाल

नामिबियाविरुद्ध बलिङमा नेपाल


ग्लोब नेपाल
135
Shares

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो तेस्रो खेल नेपालले नामिबियासँग खेल्दैछ ।

नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर पहिला ब्याटिङ रोजेको छ । आजको खेलमा नेपाल पहिलो खेलको हारको बदला लिने लक्ष्यसहित मैदान उत्रिनेछ । आज नेपालले टीममा एक परिवर्तन गरेको छ । करण केसीलाई बेन्चमा राख्दै पवन सर्राफलाई स्थान दिएको छ ।

नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । किनकि सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले जितेको थियो ।