माओवादी गठबन्धनबिना चुनाव लड्दैन, अर्को पार्टनर खोजिहाल्छ: गृहमन्त्री खाण

माओवादी गठबन्धनबिना चुनाव लड्दैन, अर्को पार्टनर खोजिहाल्छ: गृहमन्त्री खाण


ग्लोब नेपाल
972
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्र एक्लै चुनाव नलड्ने टिप्पणी गरेका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै खाणले गठबन्धनबिना माओवादी एक्लै चुनावमा नलड्ने र उसलाई अर्को पार्टनर चाहिने भएकाले कांग्रेसले पनि विचार पुर्याउनुपर्ने बताए । ‘गठबन्धनविना माओवादी एक्लै चुनाव लड्दै लड्दैन । उसले कुनै अर्को पार्टनर खोजिहाल्छ’, खाणले बैठकमा राखेको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘गठबन्धन भयो भने कसैको पनि सीट जानसक्छ । यसका लागि सबै तयार रहनुपर्छ ।’

अहिलेमात्र नभइ लामो समयसम्मका लागि पनि गठबन्धनको आवश्यकता रहेको उनले बताए । उनले गृह प्रशासनको नियमित ड्युटी अनुसार सूचना संकलन हुने बैठकमा बताएका थिए। । उनले भने, ‘गृह प्रशासनको नियमित ड्युटीअनुसार नै सूचना संकलन हुन्छ । कसैको सुराकी, चियोचर्चो भएको भए, त्यसैवेला भन्नुपर्ने हुन्छ ।’

उनले महिनौँपछि मिडियामा पोलिटिकल स्टन्ट गर्नु आवश्यक नभएको पनि बैठकमा बताएका थिए। ‘महिनापछि मिडियामा पोलिटिकल स्टन्टको कुनै आवश्यक छैन’, उनले भने।