नेपालमाथिको वैदेशिक हस्तक्षेप सुघौली सन्धीयताकै सबैभन्दा बढी: राजेन्द्र लिङ्देल

नेपालमाथिको वैदेशिक हस्तक्षेप सुघौली सन्धीयताकै सबैभन्दा बढी: राजेन्द्र लिङ्देल


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देलले सुगौली सन्धीपछि नेपालमा पछिल्लो दुई वर्षयता पहिलो पटक नेपालको परराष्ट्र नीति कमजोर भएको बताएका छ ।

नेपाल–चीन हिमालय मैत्री समाज ९नेचिप्स नेपाल० ले आयोजना गरेको नेपालको भू–राजनीतिक अवस्थाः चुनौती र अबको बाटो बारे छलफलमा उनले दुई देशबीचको सम्बन्ध गोलबारुदबाट मात्रै टाढा हुने होइन उनीहरुसँगको व्यवहार, सत्ताका लागि जे पनि विषयमा सम्झौता गर्दा हस्तक्षेप हुने गरेको बताए । जबसम्म राष्ट्रहित र राष्ट्रिय स्वार्थमा नेताहरु रहन्छन् त्यसपछि हस्तक्षेप नहुने उनको भनाइ छ ।

सहायतको नाममा विकासको नाममा साँस्कृतित क्षेत्रमा जुन प्रकारको हस्तक्षेप भइरहेको त्यसविरुद्ध सबै राजनीतिक दलका नेता एकै ठाउँमा उभिनुपर्ने उनले बताए ।

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेश अनुसार गए कसैले पनि हस्तक्षेप गर्न सक्दैन ।