ओलीको प्रश्न: चौरीको पुच्छर जस्तो कांग्रेसको पछि लागेर वामपन्थी पार्टी हुन्छ ?

ओलीको प्रश्न: चौरीको पुच्छर जस्तो कांग्रेसको पछि लागेर वामपन्थी पार्टी हुन्छ ?

'कोही वामपन्थी हुनुहुन्छ भने गठबन्धन छोडेर आउनुस्'


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरु वामपन्थी नभएको टिप्णी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था: चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वामपन्थी एकता र तालमेल चाहनेहरुले कांग्रेसको पुच्छर हुन छाडेर आउँन चुनौती पनि दिए । उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओलीलाई वाम एकताको पहल गर्न आग्रह गरेपछि ओलीले त्यसका लागि गठबन्धन छाडेर आउँन आग्रह गरे । उनले भने, ‘नेपालमा वामपन्थी पार्टीहरु छन् भने कांग्रेसको पछाडि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु ।’

साइन बोर्ड मात्र राखेर कुनै पनि दल वामपन्थी नहुने भन्दै ओलीले भने, ‘चौरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ ?’ कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालतमा रिट हाल्न गएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘राफसाफ कुरा गरौं । गल्ती भइहाल्यो, छोडिदिऔं, कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, एमालेसँग मिलेर देशको पक्षमा काम गर्ने सरकार बनाऔं ।’

उनले वर्तमान सत्ता गठबन्धनले जति भौगोलिक अखण्डता, स्वाधिनता, सार्वभौम सत्ताको अपमान अरु कुनै सरकारले नगरेको ओरोप लगाए । अध्यक्ष अ‍ेलीले अहिलेको सरकारले सार्वभौम सत्ता अपमान गरेका प्रमाणहरु प्रशस्त रहेको पनि बताए ।