‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ श्रावण मसान्तसम्मका लागि निरन्तरता

‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ श्रावण मसान्तसम्मका लागि निरन्तरता


ग्लोब नेपाल
189
Shares

काठमाडौं । आई सी एशिया बैंकले ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ लाई श्रावण मसान्तसम्मका लागि निरन्तरता दिएको छ ।

बैँकले शनिबार एक विज्ञप्ति निकाल्दै उक्त योजना श्रावण मसान्तसम्म कायम गरिएको जनाएको छ । बैँकका अनुसार गत आषाढ १२ देखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याइएको थियो । सेवाग्राहिहरुको आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गर्दै थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले उक्त योजनालाई श्रावण मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको जनाएको छ ।

बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको आई सी एशिया बैंकले २०७९ आषाढ १२ देखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको सर्वविदितै छ । व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक महानुभावहरू लक्षित गरेर ल्याइएको यस योजनामा देश एवं विदेशमा बस्नुभएका महानुभावहरू एवं विभिन्न संस्थाहरूले देखाउनुभएको अभूतपूर्व सहभागीता, रुची एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई २०७९ श्रावण मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको छ । आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको हो ।’

बैंकका अनुसार उक्त योजनामा निक्षेपकर्ताहरूले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन्, भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्नेछन् ।

यस योजनाबारे थप जानकारी लिन हेर्नुहोस्, विज्ञप्तिः