काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।
आईतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।
नेपाली कांग्रेसकी सांसदसमेत रहेकी भुसाल शुक्रबार उपसभामुख पदमा निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया