पदभार ग्रहण गर्दै उपसभामुख भुसालले भनिन्: इमानदारिपूर्वक भूमिका निभाउछु

पदभार ग्रहण गर्दै उपसभामुख भुसालले भनिन्: इमानदारिपूर्वक भूमिका निभाउछु


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौँ । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छन् ।

आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उपसभामुख भुसालले आफूले काम-कारबाही इमानदारितापूर्वक गर्ने र कार्यकालभर फलदायी काम गर्ने बताएकी छन् । उनले भनिन्, सदनलाई अत्यन्त प्रभावकारी ढंगबाट अगाडि बढाउन मलाई जति महिना समय छ। त्यो समय मेरा लागि अत्यन्त महत्त्वपूर्ण रहनेछ। प्राप्त भूमिका पनि त्यही अनुसार निर्वाह गर्नेछु ।

भुसालले आफूमा जिम्मेवारी बढेको महसुस गरेको पनि बताइन्। ‘संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिकालाई इमानदारिपूर्वक मैले आफ्नो कामकारबाही अगाडि बढाउनेछु’, उनले भनिन्।

भुसालले आइतबार (आजै) राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । उनी शुक्रबार मात्रै उपसभामुखमा निर्वाचित भएकी थिइन् ।