मेरो भारत भ्रमण सोचेभन्दा पनि सफल र राम्रो भएको छ: प्रचण्ड

मेरो भारत भ्रमण सोचेभन्दा पनि सफल र राम्रो भएको छ: प्रचण्ड


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सोचेभन्दा सफल र राम्रो भएको बताएका छन्।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा तीन दिन लामो भारत भ्रमणबाट आइतवार साँझ स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू प्रधानमन्त्री भएजस्तै स्वागत सत्कार पाएको बताए । ‘मैले भ्रमणमा जाँदा नेपालको हितमा राखेर, केन्द्रबिन्दुमा राखेर काम गर्नेछु भनेको थिएँ। दिल्लीमा नेताहरु पत्रकारहरुसँग भेट हुन्छ भनेको थिएँ’, उनले भने, ‘भ्रमण अपेक्षाअनुसार सफल भएको छ। मेरो भ्रमण सोचेभन्दा पनि सफल र राम्रो भएको छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भारतीयबाट पाएको सम्मान र सुरक्षा व्यवस्थाबाट आफू खुसी भएको बताए। ‘मलाई गरिएको जुन सम्मान र सुरक्षा व्यवस्थाबाट म खुसी भएँ’, उनले भने, ‘यहाँबाट गएकै दिन मेरो विदेश सचिवसँग भेट भएको थियो। उहाँसँग डिनरसहित छलफल गरेँ।’

उनले दूतावासले आयोजना गरेको भेटमा प्रधानमन्त्री पत्नी आरजु देउवासँग भएको भेटलाई अनावश्यक रुपमा कुरुप बनाएर चर्चा गरिएको भन्दै दुःख व्यक्त गरे ।