प्रचण्डले भने: मोदीसँग भेटेको भए फोटो खिच्नेसम्म हुन्थ्यो होला, अरु त के हुन्थ्यो होला र ?

प्रचण्डले भने: मोदीसँग भेटेको भए फोटो खिच्नेसम्म हुन्थ्यो होला, अरु त के हुन्थ्यो होला र ?


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा हुने भनिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अचानक रोकिएको बताएका छन्।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा तीन दिन लामो भारत भ्रमणबाट आइतवार साँझ स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तिराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मोदीसँग भेट नभए पनि आफू तनावमा नरहेको स्पष्ट पारे ।

‘हामीलाई त भेट हुन्छ नै भनिएको थियो । १ बजे भेट्ने कुरा थियो । १ बज्न लागेपछि हामी अलि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने खबर आयो’, प्रचण्डले भने, ‘किन सम्भव नभएको भन्ने आफूलाई थाहा नभएको प्रचण्डले बताए । उनले थपे, ‘तर मलाई टेन्सन छैन । विजेपीको लिडरसिप सबैसँग भेट भयो । मोदीसँग पनि भेटेको भए फोटो खिच्नेसम्म हुन्थ्यो होला । अरु त के हुन्थ्यो होला र ।’