शिक्षक लाईसेन्सको नतिजा १५ गतेभित्र सार्वजनिक गर्ने आयोगको तयारी

शिक्षक लाईसेन्सको नतिजा १५ गतेभित्र सार्वजनिक गर्ने आयोगको तयारी


ग्लोब नेपाल
310.9k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको नतिजा यहि साउन १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही प्राविधिक समस्या नआए आगामी आउन १५ भित्रमा माध्यामिक तह शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक गर्नेगरी आयागले तयारी गरेको आयोगका सूचना अधिकारी तथा उपसचिव सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार आयोगले अहिले उत्तरपुस्तिका परीक्षणलाई तिव्रता दिएको छ । ‘हामीले मावि लाईसेन्स परीक्षाको उत्तरपुस्तिका परीक्षणलाई तिव्रता दिईरहेका छौँ’, सूचना अधिकारी मरहठ्ठाले ग्लोब नेपालसँग भने, ‘केही प्राविधिक समस्या नआएमा छिटोमा यहि साउन १५ भित्र हामी नतिजा सार्वजनिक गर्छौ ।’

उनले केही प्राविधिक समस्या आएमा भने नतिजा प्रकाशन गर्ने काम अलि ढिलो हुनसक्ने पनि बताए । सूचना अधिकारी मरहठ्ठाले भने, ‘कहिले काहिँ प्राविधिक समस्या आउनसक्छ, त्यस्तो आएको खण्डमा साउन अन्तिम सातासम्म नतिजा आउँछ ।’