अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि एन्फा बैठक स्थगित 

अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि एन्फा बैठक स्थगित 


ग्लोब नेपाल
27
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फांं) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक विरामी परेपछि आज (सोमबार)लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ । 

एन्फा महासचिव किरण राईले न्युज कारखानासँग कुराकानी गर्दै आजलाई तय बैठक स्थगित भएको र अर्काे सूचना निकालिने बताए । ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्काे सूचना निकाल्छौं,’ राईले भने । 

साधारणसभाले गत ६ असारमा नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो ३ बजे बस्ने तय थियो । तर अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि एन्फा सचिवालयले बैठक स्थगित गरेको हो ।

पहिलो बैठक एजेन्डाविना बोलाएर विवादास्पद नियुक्ति गरेपछि अहिले अध्यक्ष निकै दबाबमा छन् । आजको बैठकमा समेत केही एजेन्डामा अध्यक्ष अर्काे दबाबमा आएका थिए । विभिन्न नियुक्तिले अहिले एन्फा राजनीतिमा पेचिलो बनेको छ । जसमा नेम्वाङ पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक तथा विदेश विभाग प्रमुख नवीन पाण्डेको चर्काे दबाबमा पर्दै आएका छन् । 

थापाले आफ्ना छोरा गौरव र पाण्डेले आफू निकट रहेका निर्वाचन समितिका सदस्य बद्रि भट्टराईलाई नियुक्त गर्न ठूलै दबाब दिँदै आएका छन् ।