चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार 

चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार 


ग्लोब नेपाल
108
Shares

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ ।

नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लो समय सेयर बजारमा कारोबारमा खासै उत्साह देखिएको छैन । नेप्सेमा सूचीकृत कम्पनीहरु मर्जरमा गएसँगै नेप्सेले सो कम्पनीहरुको कारोबार रोक्का गरिदिएका कारण पनि कारोबार घट्न पुगेको हो ।

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको सेयर खरिद-बिक्री भएको छ । कम्पनीको आज एकैदिन नौ करोड ३४ लाख रुपैयाँभन्दा माथि कारोबार भएको छ ।

त्यस्तै, एसिएन लाइफ इन्स्योरेन्सको सात करोड ३९ लाख, अपि पावरको पाँच करोड ८९ लाख, अपर तामाकोसीको ५ करोड ६२ लाख र गोर्खाज फाइनान्सको चार करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।