एकैदिन थप ४५७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

एकैदिन थप ४५७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु


ग्लोब नेपाल
351
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ६५१ जनाको नमुना परीक्षण गरिएकोमा थप ४५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।