सत्ता गठबन्धनका दलहरुसँग चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय (निर्णयसहित)

सत्ता गठबन्धनका दलहरुसँग चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय (निर्णयसहित)

'अर्थतन्त्र बिग्रिएको छैन, नागरिकमा भय सिर्जना गरियो'


ग्लोब नेपाल
972
Shares

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि सत्ता गठबन्धन दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

सोमवार सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले चुनावमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निणय भएको प्रवक्ता डा. प्रकाशण महतले जानकारी दिए । प्रवक्ता महतले सार्वजनिक गरेको निर्णय अनुसार आउँदा प्रदेश र प्रतिनिधि सभा (दुवै) चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत हुने गरी संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरिएको उल्लेख छ ।

‘वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ’, कांग्रेसले निर्णयमा भनेको छ।

कांग्रेसले यो चुनावी तालमेल ५ वर्षसम्म स्थिर सरकारका लागि गर्न लागिएको पनि जनाएको छ। कांग्रेसले गठबन्धन दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्ने भएको छ।

‘आमनेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ’, निर्णयमा भनिएको छ, ‘तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवम् शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसंग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ।’

अर्थतन्त्र बिग्रिएको छैन

कांग्रेसले अर्थतन्त्र नबिग्रिएको निष्कर्ष पनि निकालेको छ। एक सातासम्म चलेको केन्द्रीय कार्य समिति बैठकमा छलफलपछि कांग्रेसले अर्थतन्त्रबारेमा अनावश्यक भय फैल्याइएको पनि दाबी गरेको छ।

‘देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आमनागरिकमा अस्वभाविक ढङ्गले भय सृजन गर्ने काम भैरहेको छ’, कांग्रेसले भनेको छ, ‘आमनागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था, मुख्य समस्या, चुनौतीहरु र जोखिम न्यूनिकरणका उपायबारे श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न यो बैठक सरकारलाई आग्रह गर्दछ। अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्न आवश्यक कार्ययोजना तयार गरि कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दछ।’ 

कांग्रेसले अनेक राजनैतिक चुनौती पार गर्दै मुलुकलाई सही मार्गमा ल्याइपुर्‍याउन सफल नेतृत्व गरेको पनि जनाएको छ।

यस्तो छन्, कांग्रेसको निर्णय