प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा छलफल

प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा छलफल


ग्लोब नेपाल
81
Shares

काठमाडौं । काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रचण्ड र भट्टराईबीच छलफल शुरु भएको हो । उनीहरुबीच वैकल्पिक गठबन्धन निर्माण गर्ने विषयमा छलफल सुरु भएको बताइएको छ ।

दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ । सो छलफलमा दिउँसो ४ बजे नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने माओवादीका नेताहरुले बताएका छन् । यसअघि दाहाल र भट्टराईबीच उप राष्ट्रपति नन्दबहादुर पुनको निवासमा पनि छलफल भएको थियो ।