जसपाबाट अलग्गिए पनि बाबुरामजीले गठबन्धन छोड्दिनँ भन्नु भएको छ: प्रचण्ड

जसपाबाट अलग्गिए पनि बाबुरामजीले गठबन्धन छोड्दिनँ भन्नु भएको छ: प्रचण्ड


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवले कारबाही गरेपछि जसपबाट अलग दल दर्ताको तयारीमा रहेका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच करीब एक घण्टा छलफल गरेका छन् ।

नयाँ पार्टी दर्ताको तयारीमा रहेका भट्टराईले आफू सत्ता गठबन्धनबाट बाहिर नरहेको जानकारी समेत प्रचण्डलाई गराएका छन्। पूर्वप्रधानमन्त्री भट्टराईसँगको भेटद्दाटपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नभएको बताए । भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिवद्धता गरेको पनि अध्यक्ष प्रचण्डले बताए ।

उनले कांग्रेसले आगामी चुनावमा गठबन्धन कायम राख्ने निर्णय गरेकोमा खुसी व्यक्त गर्दै आफूहरू पनि गठबन्धनकै पक्षमा रहेको बताए । । ‘कांग्रेसले सही निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन’, प्रचण्डले भने, ‘बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिनँ भन्ने छ बाबुरामजीको।’

भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमै छलफल भएको पनि प्रचण्डले बताए । गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको पनि उनले जानकारी दिए ।