राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु, यस्ता छन् एजेन्डा

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु, यस्ता छन् एजेन्डा


ग्लोब नेपाल
27
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक बसिरहेको हो ।

बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरु, महामन्त्रीहरु, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने प्रतिवेदनहरु, दोस्रो चरणको आन्दोलनको मोडालिटीलगायत विविध विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ ।