तत्कालिन नेकपाका बहुमत सचिवालय सदस्यको बैठक सिंहदरबारमा

तत्कालिन नेकपाका बहुमत सचिवालय सदस्यको बैठक सिंहदरबारमा


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । समाजवादी केन्द्र निर्माणबारेमा छलफल गर्न तीन शीर्ष नेताको बैठक सिंहदरबारमा बसिरहेको छ।

नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेताहरुको छलफल सुरु भएको हो । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । त्यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम पनि बैठकमा सहभागी छन् ।

उनीहरु सबै तत्कालिन नेकपाको सचिवालयमा रहेका बहुमत सदस्यहरु हुन् । उनीहरू यसअघि असार १९ गते पनि ललितपुरको एक घरमा छलफलमा जुटेका थिए । त्यसबेला उनीहरूले समाजवादी केन्द्र बनाउनेबारे छलफल गरेका थिए ।

संघीय चुनाव नजिकिँदै जाँदा हालको सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउने अभ्यासमा आज फेरी नेताहरु छलफलमा जुटेका छन् । आजै बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री डा‍‍. बाबुराम भट्टराई बीचमा पनि छलफल भएको थियो । भट्टराई पनि समाजवादी केन्द्र बनाउने बारेमा सहमत छन् ।