बाँकेका जिल्ला न्यायाधीश अधिकारी सर्वोच्चमा तानिए, न्याय परिषद्मा छानबिन हुने

बाँकेका जिल्ला न्यायाधीश अधिकारी सर्वोच्चमा तानिए, न्याय परिषद्मा छानबिन हुने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च अदालतमा तानिएका छन् ।

न्याय परिषद्‌मा परेको उजुरीका आधारमा सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको निर्णयबाट न्यायाधीश अधिकारीलाई मंगलवार सर्वोच्चमा काज सरुवा गरिएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

न्यायाधीश अधिकारीबारे न्याय परिषद्मा छानबिन भइरहेको जनाइएको छ । न्याय परिषद्ले अन्य न्यायाधीशबारे पनि छानबिन र कारवाही गरिरहेको छ ।