फरार रहेकी इच्छाराज तामाङ पत्नी पनि पक्राउ

फरार रहेकी इच्छाराज तामाङ पत्नी पनि पक्राउ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् ।

ठगी सम्बन्धी कसूरमा फरार रहेकी सिर्जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिर्जनालाई ठगी आरोपमा पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए। उनका अनुसार सिर्जना सो संस्थाकी लेखा समिति सदस्य समेत हुन्।

सिर्जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले २०७८ पुस २७ गते पक्राउ पूर्जी जारी गरेको थियो। इच्छराजसँगै उनलाई पनि निक्षपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो।

अनुसन्धान सकेपछि पूर्वअध्यक्ष इच्छाराजसहित १२ जनालाई पक्राउ गरी गत मंसिर १७ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। त्यसमा इच्छाराज र केशवलाल श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। पक्राउ परेका अन्य भने धरौटीमा छुटेका छन्।

सोल्टीमोड स्थित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभन समेतमा पारी ठूलो संख्यामा बचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ठगी गरेको आरोप उनीहरुमाथि छ।