परराष्ट्र मन्त्रालयले भन्यो: एसपीपीको पत्राचारबारे अध्ययन भइरहेको छ

परराष्ट्र मन्त्रालयले भन्यो: एसपीपीको पत्राचारबारे अध्ययन भइरहेको छ


ग्लोब नेपाल
81
Shares

काठमाडौं । अमेरिकी स्टेट पार्टरनसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने सरकारले निर्णय गरे पनि अमेरिकालाई पत्राचार गर्नेबारे अझै अध्ययन भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बुधबार (आज) मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारले गरेको निर्णय कार्यान्वयन कसरी गर्ने भन्ने बारेमा आफूहरु छलफल र अध्ययन गरिरहेको बताइन् । प्रवक्ता लम्सालले एसपीपीअन्तर्गत नै कतिपय सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरु देखिएपछि कहाँ-के र कसरी आएको हो त्यसको निर्क्यौल गरेर पत्र पठाइने जानकारी दिइन्। लम्साले भनिन्, ‘एसपीपीको विषयमा अध्ययन भइरहेको छ । उपयुक्त समयमा चिठ्ठी पठाइन्छ । विपद् व्यवस्थापनलगायतमा के( के मा सहयोग लिएको हो त्यो अध्ययन भइरहेको छ ।’

यसअघि असारमा पनि मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले एसपीपीको विषयमा अध्ययन भइरहेको र उपयुक्त समयमा पत्राचार गरिने बताएकी थिइन् ।

एसपीपीमा सहभागितालाई लिएर सदन र सडकमा आवाज उठेपछि मन्त्रिपरिषद्ले सहभागि नहुने निर्णय गरेको थियो। त्यस सम्बन्धी जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई अधिकार दिइएको थियो। सरकारले सहभागी नहुने भनेर निर्णय गरे पनि अमेरिकालाई जानकारी नगराएको भन्दै अहिले प्रश्न उठिरहेको छ।