थप ४३५ जनामा कारोना संक्रमण पुष्टि

थप ४३५ जनामा कारोना संक्रमण पुष्टि


ग्लोब नेपाल
54
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४३५ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा तीन हजार ५६९ वटा स्वाब नमुनाको परीक्षण गर्दा थप ४३५ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।