स्थायी शिक्षकको नतिजा असोजभित्रै सार्वजनिक गर्ने आयोगको तयारी

स्थायी शिक्षकको नतिजा असोजभित्रै सार्वजनिक गर्ने आयोगको तयारी


ग्लोब नेपाल
28.7k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले तीनै तहको स्थायी शिक्षकको नतिजा आगामी असोज महिनाभित्र सार्वजनिक गर्नेगरी तयारी गरिएको जनाएको छ ।

आयोगले गत असार ९ देखि १३ गतेसम्म सञ्चालन गरेको प्राथमिक, निम्नमाध्यामिक र माध्यामिक तहको स्थायी शिक्षकको लिखित परीक्षाको उत्तरपुस्तिका देशका सातै प्रदेशबाट संकलन गरिहेको आयोगका सूचना अधिकारी एवं उपसचिव सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

उनका अनुसार उत्तरपुस्तिका संकलन गरिसकेपछि कोडिङ गरेर परीक्षणमा पठाइनेछ । ‘आयोगले अहिले सातवटै प्रदेशबाट तीनै तहका उत्तरपुस्तिका संकलन गरिरहेको छ’, ‘सूचना अधिकारी मरहठ्ठाले ग्लोब नेपालसँग भने, उत्तरपुस्तिका संकलन गरिसकेपछि कोडिङ गरेर अन्तिम परीक्षणका लागि पाउँछौँ ।’

सूचना अधिकारी मरहठ्ठाका अनुसार अबको २१ दिनभित्र स्थायी शिक्षकको तीनै तहको उत्तरपुस्तिका परीक्षणका लागि पठाइनेछ । उत्तरपुस्तिका परीक्षण सुरु गरेको कम्तिमा तीन महिनाभित्र नतिजा सार्वजनिक गरिने उनले बताए । ‘हामी उत्तरपुस्तिका संकलन गर्ने र कोडिङ गर्ने काम सकेर अबको २१ भित्र अन्तिम परीक्षणमा पठाउछौँ’, उनले भने, ‘परीक्षण सरु गरेको तीन महिनामा नतिजा आउछ । सम्भवत आगामी असोजभित्र नतिजा सार्वजनिक गर्छौ ।’