काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्नका दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसिरहेको छ ।
बोर्डको बैठक सकिएपछि यस वर्षको एसईईको नतिजा सार्वजनिक गरिने स्रोतले बतायो । यसअघि मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो ।
५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् ।
वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । नतिजा सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमलगायतको वेबसाइट तथा एसमएमएस र आईभीआरबाट पनि विद्यार्थीले नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
प्रतिक्रिया