थप ४३८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

थप ४३८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु


ग्लोब नेपाल
216
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ३ हजार ६९९ जनाको गरिएको नमुना परीक्षणमा थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा एक हजार ७७९ जनाको आरटि पिसिआर र एक हजार ९२० जनाकाे एन्टीजेनबाट नमुना परीक्षण गरिएको थियो । यो सँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ३६९ पुगेको मन्त्रालयले बताएको छ ।

यस्तै सोहि अवधिमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९६६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।