साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र भारत खेल्दै

साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र भारत खेल्दै


ग्लोब नेपाल
27
Shares

काठमाडौं । साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज तेस्रो खेलमा साविक विजेता भारतसँग खेल्न लागेको छ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतसँग साँझ ७ः १५ मा सुरु हुनेछ ।

भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोल अन्तरले हराएको थियो । नेपाल २ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

आज भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा बङ्गलादेशसँग मङ्गलबार प्रतिस्पर्धा गर्नेछ ।