बंगलादेशसँग नेपालको बराबरी, फाइनल पुग्न माल्दिभ्सले भारतलाई हराउनुपर्ने

बंगलादेशसँग नेपालको बराबरी, फाइनल पुग्न माल्दिभ्सले भारतलाई हराउनुपर्ने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा तनावग्रस्त र प्रतिस्पर्धात्मक बनेको थियो । बंगलादेशका लागि अहमेद नोभा र नेपालका लागि निरन्जन मल्लले गोल गरे । दोस्रो हाफमा नेपालका दिपेश गुरुङ र रोहित सुब्बा तथा बंगलादेशका शहीदुल इस्लामले रातो कार्ड पाए । हात हालाहालमा संलग्न भएपछि बेञ्चमा रहेका रोहितले पनि रातो कार्ड पाएका थिए ।

बराबरीको नतिजाले नेपालले अब फाइनल पुग्न भारत र मालदिभ्सबीचको खेलको नतिजा पर्खनुपर्ने भएको छ। आजै हुने दोस्रो खेलमा भारत मालदिभ्स भिड्दै छन्। दोस्रो खेलमा भारत पराजित भए नेपालले फाइनलमा स्थान बनाउने छ। दोस्रो खेलमा भारत र मालदिभ्सको बराबरीको नतिजाले पनि नेपाल बाहिरिने छ।

बराबरीपछि चार खेलबाट १० अंक जोड्दै बंगलादेश लिगको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको छ । नेपालको चार खेलमा दुई जित र एक बराबरीबाट ७ अंक छ । यस्तै, भारतको ३ खेलबाट ६ अंक छ ।

पहिलो हाफमा गोलरहित खेलेका दुवै टोलीले दोस्रो हाफमा गोल गर्न सफल भए। बंगलादेशका लागि खेलको ६३ औँ मिनेटमा पियास अहमद नोभाले गोल गर्दै खेललाई १-० को अग्रता दिलाए। खेलको ६९ औँ मिनेटमा निराजन मल्लले गोल गर्दै नेपाललाई बराबरीमा ल्याए। खेलको दोस्रो हाफ केहीबेर तनावपुर्ण बनेको थियो।

तनावपुर्ण खेलमा दुवै टोलीले ५१औँ मिनेटमा रातो कार्ड खाँदै १० खेलाडीमा सिमित भए। नेपालका दिपेश गुरुङले खेलको ५१ औँ मिनेटमा रातो कार्ड खाँदै मौन बाहिरिए। यस्तै झगडामा सामेल भएको भन्दै बेन्चमा रहेका वैकल्पिक खेलाडी रोहित सुब्बाले रातो कार्ड पाए।

बंगलादेशका शाहिद इस्लामले दोहोरो पँहेलो कार्ड पाउँदै मैदान छाडेका थिए।